दफा ४१
अनुगमन तथा नियमन
(१) निरीक्षकले अनुमतिपत्र प्राप्त संस्थाबाट आपूर्ति भएको खानेपानीको गुणस्तर तथा उपलव्ध गराइएको सरसफाइ सेवाको स्तर नियमित रुपमा अनुगमन गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम अनुगमन गर्दा निरीक्षकले अनुमतिपत्र प्राप्त संस्थाले आपूर्ति गरिरहेको खानेपानी वा विसर्जन गरेको फोहोरपानीको नमूना सङ्कलन तथा परीक्षण गर्न वा अन्य आवश्यक विवरण लिन वा माग गर्न सक्नेछ।
(३) उपदफा (१) र (२) बमोजिम अनुगमनका क्रममा निरीक्षकले खानेपानी तथा सरसफाइ सेवाको स्तरमा सुधार गर्न आवश्यक देखेमा वा खानेपानी तथा फोहोरपानीको नमूना परीक्षण गर्दा गुणस्तर तथा मापदण्ड बमोजिम भएको नपाइएमा सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थालाई गुणस्तर तथा मापदण्ड कायम गर्न निर्देशन दिन सक्नेछ।
(४) उपदफा (३) बमोजिम दिइएको निर्देशन पालना गर्नु सम्बन्धित अनुमतिपत्र प्राप्त संस्थाको कर्तव्य हुनेछ।
(५) खानेपानी तथा सरसफाइ सेवाको स्तर, गुणस्तर तथा मापदण्डको अनुगमन तथा नियमन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।